About Dura Students Society
Dura Students Society is a non-profit organization dedicated to
supporting the unity, education, and development of Dura students
and youth.
Our goal is to create opportunities for learning, leadership, and
community engagement through various programs and activities.
DSS continues to serve as a platform where students can connect,
grow, and contribute to the betterment of the Dura community.
Our History
२०७३ सालमा
दुरा विद्यार्थी समाज औपचारिक रुपमा स्थापना
हुनुमा दुरा युवाहरुको एकतासँगै, सम्पूर्ण दुरा समुदाय, अग्रजहरु, दुरा
सेवा समाज र दुरा महिला समाज तथा अन्य आदिवासी जनजाति समुदायको
संस्थागत संरचना र विकासले प्रदान गरेको उत्प्रेरणा छ। विशेषतः
२०६२ सालमा चितवनको भरतपुरमा श्री महेन्द्र दुराको नेतृत्वमा
विभिन्न जिल्लाहरुबाट अध्ययनको शिलशिलामा भरतपुरमा बस्दै गरेका दुरा
विद्यार्थीहरुलाई समेटेर
‘दुरा विद्यार्थी समाज’ को अनौपचारिक स्थापना
गरियो। त्यसपछि
२०६७ सालमा काठमाडौंमा श्री गणेश दुराको पहलमा
काठमाडौंमा बस्दै आएका दुरा विद्यार्थीहरुलाई एकीकृत गरी
श्री टोप राज दुराको नेतृत्वमा
दुरा विद्यार्थी समाज अनौपचारिक रुपमा स्थापना भयो। यी दुई महत्वपूर्ण
प्रयासपछि देशभरका दुरा विद्यार्थीहरूलाई एउटै संस्थामा औपचारिक रूपमा
संगठित गर्ने आवश्यकता महसुस भयो। अन्ततः
२०७३ सालमा श्री कोष बहादुर दुराको नेतृत्वमा
दुरा विद्यार्थी समाजको वैधानिक स्थापना भयो। यस अभियानमा सहयोग गर्ने
सम्पूर्णप्रति
हार्दिक नमन।